०२ साउन २०८१, बुधबार

एसिया कपका लागि २८ सदस्यीय नेपाली टोलीको घोषणा

एसिया कपका लागि २८ सदस्यीय नेपाली टोलीको घोषणा

Logo
प्रतिक श्रेष्ट बिहिबार, जेठ १०, २०८१

१० जेठ, काठमाडौं । एसीसी महिला एसिया कप २०२४ का लागि नेपाल क्रिकेट संघ (क्यान) ले २८ सदस्यीय टोलीको घोषणा गरेको छ ।

नेपालले इन्दु बर्माको कप्तानीमा २८ जनाको प्रारम्भिक टिम सार्वजनिक गरेको हो ।

प्रतियोगिता १९ जुलाईबाट श्रीलंकामा सुरु हुनेछ । करुणा भण्डारीले राष्ट्रिय टिममा कमब्याक गरेकी छन् भने सावित्री धामी र हेलिसा गुरुङ नयाँ खेलाडीको रूपमा प्रवेश गरेका छन् ।

नेपाली टोली : इन्दु बर्मा (कप्तान), रुबिना क्षेत्री बेलबासे, सीता राना मगर, कविता कुँवर, सम्झना खड्का, कविता जोशी, काजल श्रेष्ठ (विकेटकिपर), पूजा महतो, डली भट्ट, बिन्दु रावल, रोमा थापा, ममता चौधरी, कृतिका मरासिनी, राजमती ऐरी, सबनम राई, रुबी पोदार (विकेटकिपर), खुसी डंगोल, लक्ष्मी साउद, अलिसा खडिया, अप्सरी बेगम, करुणा भण्डारी, अस्मिना कर्मचार्य, संगिता राई, आरती महतो, सावित्री धामी, यशोदा विष्ट, सोनी पाख्रिन र हेलिसा गुरुङ ।

प्रतिक्रिया
हाम्रो बारे

निरन्तर २२ वर्षदेखि मोरङ्ग जिल्लाको सदरमुकाम विराटनगरबाट सञ्चालनमा ल्याएको आभूषण साप्ताहिक हुँदै दैनिक रुपमा प्रकाशन हुने समाचार-पत्रलाई सफलतापूर्वक प्रकाशन गर्दै आइरहेको छ। हाम्रो उद्देश्य विराटनगरलाई विश्वसँग जोड्नुका साथै पत्रकारितालाई निरन्तरता दिँदै स्वतन्त्र र निष्पक्ष रूपमा समाचार सामग्री सम्प्रेषण गर्नु हो। यही उद्देश्यलाई थप प्रभावकारी बनाउन हामीले जिवित आवाज डेली प्रा.लि. मार्फत www.avushan.com नामक नयाँ वेबपेज अनलाइन ल्याएका छौं। यस वेबसाइट मार्फत हामीले ताजा र सत्य समाचार, विचार, र विश्लेषण प्रदान गर्नेछौं, जसले हामीलाई हाम्रो पाठकहरूको सूचनाको आवश्यकता पूरा गर्न र समाजमा सकारात्मक परिवर्तन ल्याउन मद्दत गर्नेछ। तपाईहरूको साथ र सहयोगले हामीलाई हाम्रो उद्देश्यमा सफल बनाउन महत्वपूर्ण भूमिका खेल्नेछ।

हाम्रो टीमहरु

कार्यकारी सम्पादक : डी.के.ढकाल
प्रबन्ध निर्देशक :
वस्थापक :रमेश मल्ल (रवि)
समाचार प्रमुख : यज्ञ पराजुली
सम्पादक : राजेश कुमार भगत
अध्यक्ष : दिपिका ढकाल

सम्पर्क

बिराटनगर मोरंग नेपाल
9705776111 , 9819351000
E-mail: [email protected]